तमु युवाहरुलाई क्षमता विकास तथा उद्घोषण तालिम
पाेखरा | साउन १८, २०८१
पोखरा: तमु धिं नेपाल केन्द्रीय युवा समितिले तमु युवाहरुको क्षमता एवम नेतृत्व विकासका लागि तिनदिने उद्घोषण तालिम शुरु गरेको छ ।
तमु धिं नेपालको कार्यालयमा सो तालिम शनिबारसम्म चल्नेछ ।
तालिमको उद्घाटन गर्दै प्रमुख अतिथिसमेत रहेका तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले बोल्ने कला एवम सफल नेतृत्वका लागि सो तालिम महत्वपूर्ण हुने धारणा राखे ।
उनले क्षमता अभिवृद्धिका लागि उद्घोषण तालिमले सघाउने बताउदै आगामी दिननमा पनि यस्तै रचनात्मक कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । उनले तालिममा सहभागि युवाहरुले प्रस्तुतिकरण र नेतृत्व क्षमतामा धेरै परिवर्तन आउने अपेक्षा व्यक्त गरे ।
तालिमको पहिलोदिन गोर्खाली रेडियोकी स्टेशन म्यानेजर, सञ्चारकर्मी खिमा गुरुङले माइकको प्रयोग, उद्घोषण, उद्घोषकला, कार्यक्रम तयारी र प्रस्तुतिका विविधबारेमा प्रशिक्षण दिइन् ।
यस्तै तालिमको दोश्रो दिन तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ र तेश्रो दिन एभरेष्ट मिडियाका प्रमुख कार्यकारी अधिकृत, वरिष्ठ सञ्चारकर्मी दिपेन्द्र श्रेष्ठ प्रशिक्षक रहेको तमु धिं नेपाल केन्द्रिय युवा समितिका अध्यक्ष रमेश गुरुङले जानकारी दिए ।
कुल ३५ जना युवाहरुको सहभागिता रहेको तालिममा युवा समितिका अध्यक्ष रमेश गुरुङको सभापतित्वता भएको कार्यक्रमको सञ्चालन सचिव रामप्रसाद गुरुङले गरेका थिए ।
काठमाडौं: प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकारलाई सुशासनको जग बसाल्ने र फागुन २१ गते निर्वाचन सम्पन्न गर्ने स्पष्ट कार्यादेश दिइएको बताउँदै त्यसतर्फ सरकार गम्भीरतापूर्वक अघि बढिरहेको बताउनुभएको छ। ...
काठमाडौं: नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र अझैपनि ढुक्क भएर लगानी गर्नसक्ने अवस्थामा नरहेको प्रष्ट पार्नुभएको छ । बुधवार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गर...
अन्र्तराष्ट्रिय: नयाँ वर्षको पूर्वसन्ध्यामा बुधबार विश्वले २०२५ लाई बिदाइ दियो । सन् २०२५ डोनाल्ड ट्रम्पको पुनः राष्ट्रपतित्व, गाजामा युद्धविराम र युक्रेनमा शान्तिका व्यर्थ प्रयासको वर्षको रूपमा चिनिन्थ्यो । यो ...

